Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ट्राफिक कारबाहीबाट झन्डै ८० करोड राजश्व संकलन

२४ बुधबार , माघ २०८०९ महिना अगाडि

ट्राफिक कारबाहीबाट झन्डै ८० करोड राजश्व संकलन

चालु आर्थिक वर्षको ६ महिनामा सवारी चेकजाँच र ट्राफिक नियममा कारबाहीमा झन्डै ८० करोड राजश्व संकलन भएको छ । आर्थिक वर्षको ६ महिनाको अवधिमा देशभरको ट्राफिक कारबाहीबाट उक्त राजस्व संकलन भएको हो ।

देशभर सवारी चेकजाँच र ट्राफिक नियममा कारबाही गरेर मात्रै प्रहरीले ७९ करोड ७१ लाख ४४ हजार ८ सय ५२ रूपैयाँ राजश्व संकलन गरेको बताईएको छ । चालु आर्थिक वर्षको ६  महिनामा देशभरका ट्राफिक कारबाहीबाट उक्त राजश्व संकलन भएको प्रहरीले जनाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने १० लाख ५२ हजार ५५ वटा सवारी साधनलाई कारबाही गरेको बताएको छ । जससमध्ये काठमाडौं उपत्यकामा मात्रै ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको पनि प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै प्रहरी प्रधान कार्यालयकाअनुसार कोशी प्रदेशमा ७ करोड ८७ लाख, मधेश प्रदेशमा १० करोड ५ लाख, बागमती प्रदेशमा ७ करोड ८८ लाख, गण्डकी प्रदेशमा ८ करोड १८ लाख, लुम्बिनी प्रदेशमा ९ करोड ३८ लाख, कर्णाली प्रदेशमा १ करोड ५६ लाख र सुदूरपश्चिम प्रदेशमा २ करोड ४२ लाख रूपैयाँ राजस्व संकलन भएको बताईएको छ ।

संकलन भएको राजस्वमध्ये ट्रक/ट्याङकरबाट १५ करोड १९ लाख, बस/मिनिबसबाट ९ करोड २० लाख, कार/जिप/भ्यानबाट १८ करोड ९० लाख, ट्याक्टरबाट २ करोड ८८ लाख, मोटरसाइकलबाट ३१ करोड १७ लाख र टेम्पो तथा अन्यबाट २ करोड ५३ लाख रूपैयाँ राजश्व भएको हो ।

प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाएको, तीव्र गती र लेन अनुशासन तोडेको, ओभर लोड, जथाभावी पार्किङ,बढी भाडा लिएको, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएको जस्ता कारवाहीमा उक्त रकम संकलन गरेको थियो ।