Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तेस्रो लगानी सम्मेलन सफल होला ?

२३ मंगलबार , माघ २०८०९ महिना अगाडि

तेस्रो लगानी सम्मेलन सफल होला ?

काठमाडौं । वैशाख १६ र १७ मा हुने तेस्रो लगानी सम्मेलनबारे अनेक आशंका गरिदैछ । कसैले हुन्छ, सफल हुँदैन भन्न थालेका छन् भने कसैले नहुन पनि सक्छ भनिरहेका छन् । खासगरी बाँसवारी छालाजुत्ताको जग्गा प्रकरण र अरूण चौधरीको गिरफ्तारीपछि उद्योग वाणिज्य महासंघ, परिसंघ र चेम्बरभित्रै सरकारप्रति नकारात्मक धारणा विकसित हुनथालेको छ । यद्यपि सरकार यो सम्मेलन सफल हुनेमा ढुक्क देखिन्छ ।
सरकारले यो सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ भनेको छ । सरकारको सिङ्गो शक्ति सम्मेलन सफल पार्न लागिपरेको देखिन्छ । सरकारले सम्मेलन सफल पार्न अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा लगानी सम्मेलन सचिवालय राखेको छ ।
लगानीकर्तालाई आकर्षित गर्नकै लागि दर्जनौं ऐन तथा नियमावली संशोधन गर्ने तैयारी पनि गरिएको छ । नेपालमा लगानीकर्ताले अनेक झमेला बेहोर्न पर्ने अवस्थाको अन्त्य गरिने सरकारको भनाइरहेको छ । जतिसुकै तैयारी गरे पनि भ्रष्ट कानुनव्यवस्थाका कारण लगानी भित्रिने सम्भाबना न्यून रहेको बताइँदै छ ।