Advertisement Banner
Advertisement Banner

११ मंगलबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

मायाको साथीको समाचार

२३ मंगलबार , माघ २०८०३ बर्ष अगाडि

मायाको साथीको समाचार

काठमाडौं ः यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफूहरूमाथि लाञ्छना लगाउनेलाई जघन्य अपराधको कसुरमा कारबाही गर्नुपर्ने बताएका छन् । ‘धेरै स्ट्रगल गरिरहेका छौँ,बाटोमा हिँड्दा समेत ओपन नाम दिन्छन्,’समुदायका सदस्यहरूले भने,‘त्यसले समुदायका साथीहरूमा मानसिक असर परेको छ। लाञ्छना लगाउनेलाई राज्य विरूद्धको भेदभावमा कारबाही हुनुपर्छ ।’ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि स्थापना भएको मायाको पहिचान नेपालले सिंहदरबार अगाडि आफ्नै कार्यालयमा गरेको छलफलमा सहभागीहरूले लाञ्छना लगाउनेमाथि कडा कारबाही हुनु पर्ने माग गरेका हुन् । 
प्राप्त समाचारअनुसार मायाको पहिचान नेपालले शिक्षा, स्वास्थ्य, रोजगार, वैवाहिक अधिकारमा समान पहुँच स्थापित गर्न बहस पैरवी गर्ने बताएको छ । ‘समुदायका साथीहरूबाट महत्त्वपूर्ण सुझावहरू प्राप्त भएका छन् । यसले मायाको पहिचान नेपाललाई थप उत्साहित बनाएको छ, ’मायाको पहिचान नेपालले भनेको छ, ‘समुदायका साथीहरूसँगै हामी सरकारको नीति निर्माण, कानुन निर्माण, सरकारी र निजी क्षेत्रको रोजगारीमा जारी विभेद अन्त्य गर्न, शिक्षा, स्वास्थ्यमा समान पहुँच स्थापित गर्न हातेमालो गर्दै अगाडि बढ्नेछौ ।’
एसियाका पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले समुदायको कानुनी अधिकार सुनिश्चित गर्दै जीविकोपार्जनका कार्यक्रममा लाग्नु पर्ने बताएका छन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई समावेशी आरक्षणको व्यवस्था गर्न पन्तले माग गर्दै ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भएको थाहा पाइसकेपछि कामबाट निकालिने अवस्था रोकिनु पर्ने अवस्थाको अन्त्यको माग पनि उनले गरेका छन् ।