Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आर्थिक वर्षको ६ महिनामा भित्रयो ७ खर्ब भन्दा बढी रेमिटेन्स

२३ मंगलबार , माघ २०८०२ बर्ष अगाडि

आर्थिक वर्षको ६ महिनामा भित्रयो ७ खर्ब भन्दा बढी रेमिटेन्स

चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा उक्त रेमिटेन्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कअनुसार उल्लेख गरिएको हो ।  

चालु आर्थिक वर्षको ६ महिनाभित्र उक्त रुपैयाँ बराबरको रेमिटेन्स नेपाल आएको नेपाल राष्ट्र बैङ्कले मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । तथ्याङ्कअनुसार गत वर्षको सोहि  अवधिमा नेपाल भित्रिएको रेमिटेन्सका आधारमा आप्रवाह २४.३ प्रतिशतले बढेको देखिन्छ ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएर ५ अर्ब ५२ करोड पुगेको उल्लेख गरिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जानकारी दिएको छ ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको ६ महिनाको तथ्याङ्कमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २ लाख ७ हजार ९ सय ७० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ३५ हजार ४ सय ३५ जना रहेको उल्लेख गरिएको छ ।