Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रङ्गशाला निर्माणका लागि बागमती प्रदेश सरकारद्धारा स्रोत सुनिश्चित

२३ मंगलबार , माघ २०८०९ महिना अगाडि

रङ्गशाला निर्माणका लागि बागमती प्रदेश सरकारद्धारा स्रोत सुनिश्चित

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न आवश्यक बजेटको बागमती प्रदेश सरकारले स्रोत सुनिश्चित गर्ने भएको छ । आज बसेको मन्त्री परिषद् बैठकले चितवनमा निर्माणाधीन उक्त रङ्गशालाका लागि स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले भरतपुर महानगरसँगको सम्झौता अनुसार बजेटको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको बताईएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रङ्गशाला निर्माण गर्न प्रस्तावित लागत अनुमान ७५ करोड रुपियाँमध्ये ७० प्रतिशत व्यहोर्ने सम्झौता अनुसार स्रोत सुनिश्चितता गरिएको जानकारी दिएका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले रङ्गशाला निर्माण गर्न प्रदेश सरकारले भरतपुर महानगरपालिका सँग गरेको सम्झौताअनुसार ५२ करोड ५० लाख रुपियाँको स्रोत सुनिश्चितता गरेको बताएका छन् । उक्त क्रिकेट रङ्गशाला निर्माण गर्न गत कात्तिक २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भरतपुर महानगरपालिकाले तयार गरेको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत रकम व्यहोर्ने गरी सम्झौता गरिएको थियो ।

महानगरपालिकाले तयार गरेको प्रस्ताव अनुसार पहिलो चरणमा १० हजार दर्शक क्षमताको प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माण गरिने बताईएको छ ।