Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध खेल्दै

२३ मंगलबार , माघ २०८०९ महिना अगाडि

साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध खेल्दै

साफ यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत बङगलादेशमा जारी तेस्रो तथा समूहको अन्तिम खेल आज नेपालले भारतविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार अपरान्ह ३ बजे ढाकाको मुस्ताफा कमल रंगशालामा नेपालले भारतविरुद्ध खेल्न लागेको हो ।

बङगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिपको यसअघिको दोस्रो खेलमा नेपालले भुटानलाई शुन्यका बिरुद्ध १  गोल गर्दै विजयी भएको थियो । उक्त खेलमा नेपालका तर्फबाट सेनु परियारले गरेको एक गोल नै निर्णायक गोल बनेको थियो ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । यसअघिका दुई खेलमध्य एकमा हार र एकमा जित निकालेको नेपाल फाइनलमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छ ।

हालसम्म २ खेल खेलेको नेपालको ३ अंक रहेको छ । आयोजक बंगलादेश, नेपाल,भारत र भुटान प्रतियोगितामा सहभागि छन् भने सहभागी चार टोली मध्ये शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । आजको अर्को खेल आयोजक बंगलादेश र भुटानबीच हुनेछ ।