Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सूर्यविनायक-धुलिखेल सडकका मापदण्ड बिपरितका घरटहरा भत्काउन सुरु

२३ मंगलबार , माघ २०८०९ महिना अगाडि

सूर्यविनायक-धुलिखेल सडकका मापदण्ड बिपरितका घरटहरा भत्काउन सुरु

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल सडक ६ लेनको विस्तार थालिएसंगै आजदेखि घरटहरा भत्काउन थालिएको छ । सडक किनार विस्तार गर्नुपर्ने स्थानमा निर्माण भएका घरटहरा भत्काउन थालिएको हो ।

राजमार्ग विस्तारमा मापदण्ड विपरीत र सडक मापदण्ड मिचेर सूर्यविनायक नगर क्षेत्रभित्र निर्माण भएका घरटहरालगायत भौतिक संरचना नेपाल प्रहरी र सूर्यविनायक नगर प्रहरीको सुरक्षामा डोजर लगाएर भत्काउन सुरु गरिएको सूर्यविनायक नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिएक छन् । सूर्यविनायक-धुलिखेल सडक विस्तार आयोजनाले एक वर्ष अघिदेखि जगातीदेखि साँगासम्म र साँगाबाट धुलिखेलसम्म दुई चरणमा एकैसाथ सडक विस्तार गरिरहेको छ ।

मापदण्ड बिपरित बनाईएका संरचना नभत्काइँदा सडक विस्तारमा अवरोध आएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वमा आयोजना प्रमुख, भक्तपुर प्रहरी प्रमुख र सूर्यविनायक नगरपालिकालगायत सरोकारवाला निकायबीच छलफल भएको थियो ।

छलफल पश्चात प्रजिअ श्रेष्ठको निर्देशन र समन्वयमा मापदण्ड बिपरितका संरचना हटाएर सडक विस्तारमा सहजीकरण गर्न नगरबासीलाई पत्राचार गरिएको र आजबाट राजमार्गको केन्द्रबाट ७५ फिटको क्षेत्राधिकारभित्र रहेका अस्थायी संरचना भत्काउन सुरु गरिएको बताईएको छ ।