Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

२३ मंगलबार , माघ २०८०२ बर्ष अगाडि

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान खरिद गर्दा ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट हुने भएको छ । फेब्रुअरी ५ देखि ३ महिनाका लागि ग्लोबल बैंकको कार्ड  बाहक ग्राहकलाई छुट हुने भएको हो  

बैंकले यहि फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद मुल्यको १५ प्रतिशतसम्म छुट पाउने जनाएको छ ।

छुट योजना अन्तर्गत बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा ५ सय रुपेयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ७ सय ५० रुपैयाँसम्म छुट पाउने बताईएको छ । त्यसैगरी बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुटको व्यवस्था गर्दै आएको छ ।

बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै यस्ता किसिमका समयसान्दर्भिक योजना ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक समेत हो ।

बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय भन्दा बढि सेवा केन्द्रबाट ४५ लाख भन्दा बढि ग्राहकलाई सेवा दिंदै छ । साथै,बिदेशी मुलुकबाट रेमिटान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान समेत दिएको छ ।