Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अव्यवहारिक कर खारेज गर्न माग गर्दै फिल्म हल बन्द

२२ सोमबार , माघ २०८०९ महिना अगाडि

अव्यवहारिक कर खारेज गर्न माग गर्दै फिल्म हल बन्द

अव्यवहारिक रुपमा सरकारले विभिन्न शीर्षकमा लिदै आएको करको बिरोधमा देशभरका फिल्म हल आज बन्द भएका छन् । चलचित्र संघको आह्वानमा देशभरका फिल्म हाल सांकेतिक विरोधका रुपमा बन्द गरिएको हो ।

विभिन्न शीर्षकमा सरकारले लिँदै आएको करको विरोधमा देशभरका फिल्म हल सांकेतिक विरोध स्वरूप सोमबार प्रदर्शन स्थगित गरेको बताईएको छ । चलचित्र संघकोअनुसार सरकारले अव्यवहारिक रुपमा चलचित्र विकास शुल्क, स्थानीय कर, भ्याटजस्ता शीर्षकमा ३६ प्रतिशत कर उठाउँदै आएको छ ।

सरकारले उठाएको ३६ प्रतिशत करमा चलचित्र विकास शुल्क र स्थानीय कर अव्यवहारिक भएको भन्दै संघले यसलाई खारेजी गर्नुपर्ने माग गरेको छ । भ्याट र कर्पोरेट लागू भैसकेपछि अन्य शीर्षकमा कर लिन नपाइने भन्दै संघले बढी भ्याट लिँदा यसको प्रत्यक्ष मार दर्शकको क्रयशक्तिमा पर्ने विश्लेषण गरेको बताईएको छ ।

चलचित्र विकास बोर्डले चलचित्र विकास शुल्क भन्दै प्रदर्शकबाट रकम उठाउने गरेको छ जुन रकम बोर्डको आर्थिक स्रोत पनि हो । यो शुल्कबाट संकलित रकमबाट बोर्डको प्रशासनिक कार्य संचालन हुन्छ । तर प्रदर्शक उक्त शीर्षकप्रति पनि असन्तुष्ट छन् । चलचित्र विकास बोर्ड स्थापना हुनुपूर्व देशमा ४५० हल भएपनि अहिले १५० हल मात्र सञ्चालनमा रहेको संघले जनाएको छ ।

कोरोना महामारीको कारण चलचित्र क्षेत्र धराशायी भएको उल्लेख गर्दै संघले सरकारले थोपरेको करले व्यवसाय सञ्चालन गर्न नसक्ने जनाउदै संघले आफ्नो माग पुरा नभए विरोधका अन्य स्वरुपमा जाने बताएको छ ।