Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

इच्छाराजलाई तीन वर्ष जेल सहित अरबौं जरिवाना

२२ सोमबार , माघ २०८०२ बर्ष अगाडि

इच्छाराजलाई तीन वर्ष जेल सहित अरबौं  जरिवाना

सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै एमालेका पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई विशेष अदालतले ३ वर्ष कैद र १ अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश दिएको छ । विशेष अदालतले तामाङलाई त्यति नै रकम जरिवाना तोक्दै उक्त आदेश दिएको हो ।

विशेष अदालतको अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका  तामाङ, उनकी पत्नी सिर्जना र मामा ससुरा केशवराज श्रेष्ठलाई आइतबार सजाय तोकेको हो । जसअनुसार अदालतले इच्छाराजकी पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकेको छ ।

त्यसैगरी इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यति नै बराबरको जरिवाना तोकेको छ । सोहि प्रकरनामा मुछिएका इच्छाराजका छोरीहरु प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाइसकेका छन् भने अदालतले इच्छाराज, पत्नी, दुई छोरीहरु, इच्छाराजका मामाससुरा केशवलाल श्रेष्ठ, केशवकी पत्नी मीनाको नाममा रहेको सम्पत्ति जफत गर्न आदेश समेत दिएको छ ।

२०७९ साल भदौ १६ गते शुद्धीकरण अनुसन्धान विभागले इच्छाराजसहित उनकी पत्नी सिर्जना, दुई छोरी, अनि मामाससुरा केशवराज विरुद्ध सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।