Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मानव स्वास्थ्यका लागि काठमाडौंको हावा अस्वस्थकर

२२ सोमबार , माघ २०८०९ महिना अगाडि

मानव स्वास्थ्यका लागि काठमाडौंको हावा अस्वस्थकर

मानव स्वास्थ्यका लागि काठमाडौंको हावा अस्वस्थकर रहेको वातवरण विभागले जनाएको छ । विभागले आकाशमा धुलो र प्रदूषणका कारण हावा मानव स्वास्थ्यका लागि अस्वस्थकर रहेको जनाएको हो ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा विभागले राखेको हावाको गुणस्तर मापन यन्त्रकाअनुसार अहिले काठमाडौंको रत्नपार्कमा बहिरहेको हावा सबैभन्दा अस्वस्थकर रहेको बताएको छ । अहिले काठमाडौंको रत्नपार्कमा हावाको गुणस्तर १९९ आसपास रहेको विभागको वेबसाइटमा उल्लेख गरिएको छ ।

संसारभर हावाको गुणस्तर छ वटा तहमा विभाजन गरिएको हुन्छ जसमध्ये ० देखि ५० एक्यूआई भएको हावा सबैभन्दा स्वस्थकर मानिन्छ त्यस्तै ५१ देखि १०० एक्यूआई भएको हावा मध्यम, १०१ देखि १५० भएको हावा संवेदनशील व्यक्तिहरूको समूहको लागि अस्वस्थकर मानिन्छ । त्यसैगरी १५१ देखि २०० एक्यूआई भएको हावा सबैका लागि अस्वस्थकर, २०१ देखि ३०० भएको एकदमै अस्वस्थकर र ३०१ भन्दा माथि पुगे खतरनाक मानिन्छ ।

अहिले काठमाडौंको रत्नपार्कमा हावाको गुणस्तर १९९ एक्यूआई छ भने खुमलटारको १९०, भैँसेपाटीको १८७ र भक्तपुरको १७८ रहेको छ । यसरि हावाको गुणस्तर विश्वस्तरमा हेर्ने हो भने अहिले बंगलादेशको राजधानी ढाकाको हावाको गुणस्तर सबैभन्दा धेरै हानिकारक छ । त्यहाँको हावाको गुणस्तर ४०८ एक्यूआई छ भने दोस्रो नम्बरमा घाना रहेको छ । घानाको हावाको एक्यूआई ३३२ रहेको छ ।