Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

देउवा पुत्र जयवीरकाे विवाह, उपहार नल्याउन आग्रह

२१ आइतबार , माघ २०८०२ बर्ष अगाडि

देउवा पुत्र जयवीरकाे विवाह, उपहार नल्याउन आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाकाे आज विवाह हुँदैछ । देउवा पुत्र जयवीरसिंहकाे विवाह गायिका शिवाना श्रेष्ठसँग हुने भएकाे हाे ।

देउवाका छोरा जयवीरसिंह देउवा र गायिका शिवाना श्रेष्ठबिच हुने विवाहमा फूल माला, खादा र उपहार नल्याउन निम्तालुलाई आग्रह गरिएको छ । विवाह समारोह बूढानीलकण्ठस्थित घरमै आयाेजना गरिने बताइएकाे छ ।

त्यसैगरी निम्तालुका लागि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पाटीको आयोजना गरिएको छ । उक्त भोजमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको छ ।

बिबाह निमन्त्रणाअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते भोजको आयोजना गरिएको र निम्तालुलाई साँझ  ६ : ३० बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन आग्रह गरिएकाे छ । 

त्यसअघि आफन्त र निकटस्थहरूका लागि होटल सोल्टीमा भाेजकाे आयोजना गरिने बताइएकाे छ ।