Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सङ्खुवासभामा सुक्खा पहिराे, एकजना घाइते

२१ आइतबार , माघ २०८०९ महिना अगाडि

सङ्खुवासभामा सुक्खा पहिराे, एकजना घाइते

सङ्खुवासभाको मकालु गाउँपालिका-३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो जाँदा एकजना घाइते भएका छन् । शनिबार बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर रामेछापका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी घाइते भएका हुन् ।

सङ्खुवासभाको खाँदबारी-किमाथाङ्का सडकमा गएकाे सुक्खा सडक पहिराेका कारण सङ्खुवासभाको उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको बताइएकाे छ ।

सुक्खा पहिरो खस्दा पहिराेमा परि घाइते भएका केसीकाे जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेकाे छ । पहिराेमा बरुण निर्माण सेवा कम्पनीको एक थान स्काभेटसमेत पुरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जानकारी दिएकाे छ ।

उक्त क्षेत्रमा बरुण निर्माण सेवा कम्पनीले सडक स्तरोन्नतिको काम गरिहेको बताइएकाे छ । भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने दर्जनौँ यात्रु अलपत्र परेपछि पहिराेले अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको उत्तर-दक्षिण कोशी सडक आयोजनाका प्रमुख इन्जिनियर सविन कोइरालाले बताएका छन् ।