Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज पनि माैसम बदली हुने, केही स्थानमा वर्षा र हिमपातकाे स्म्भावना

२१ आइतबार , माघ २०८०९ महिना अगाडि

आज पनि माैसम बदली हुने, केही स्थानमा वर्षा र हिमपातकाे स्म्भावना

पश्चिमी वायुको प्रभावकाे कारण आज पँचवटा प्रदेशमा माैसम बदली हुने छ । पश्चिमी वायुको प्रभावकाे कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी गण्डकी र वाग्मती प्रदेशकाे माैसम बदली हुने सम्भावना रहेकाे हाे ।

अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया माैसम बदली रहने बताइएकाे छ ।

विभागकाअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाकाे सम्भावना रहेको छ । त्यसैगरी वाग्मती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशकोलगायतका उच्च पहाडी तथा हिमाली भू–भागका धेरैजसाे स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि विभागले जानकारी दिएको छ ।