Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नारायणगढ–मुग्लिन सडक दिउसाे ४ घण्टा बन्द हुने

१९ शुक्रबार , माघ २०८०९ महिना अगाडि

नारायणगढ–मुग्लिन सडक दिउसाे ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक खण्ड फागनु १२ गतेसम्म दिउँसो ४ घण्टा बन्द हुने भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि फागनु १२ गतेसम्म दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको बताईएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकका अनुसार सडक बन्द गरेर काम गर्ने निर्णय गरिएको हो ।

मुग्लिन नजिक तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न पुस ७ गतेदेखि उक्त सडक मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुँदै आएको छ । सुरुमा पुस २८ सम्मका लागि भनेर पहाड काट्न गरिएकोमा उक्त समयमा काम नसकिए पछि माघ २० गते सम्मलाई समय थपिएको थियो । तर, माघ २० गतेसम्म पनि काम सम्पन्न नभएपछी अन्तिम पटकका लागि  पुन:फागनु १२ गतेसम्म समय थपिएको छ ।