Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जनवरीमा झन्डै ८० हजार पर्यटक नेपाल भित्रिए

१९ शुक्रबार , माघ २०८०९ महिना अगाडि

जनवरीमा झन्डै ८० हजार पर्यटक नेपाल भित्रिए

सन् २०२४ को शुरुवातको जनावरी महिनामै झन्डै ८० हजार पर्यटक नेपाल भित्रिएका छन् । विश्वका विभिन्न मुलुकका झन्डै ८० हजार पर्यटक नेपाल भित्रिएका हुन् ।

सन् २०२४ को जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएकोमा यस वर्ष ७९ हजार १ सय विदेशी पर्यटक नेपाल नेपाल भित्रिएका हुन् । उक्त संख्या सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो ।

त्यसैगरी २०२४ को जनवरीमा ८१ हजार ८ सय ९७ जना बाहिरिएको नेपाल पर्यटन बोर्डले बताएको छ । बोर्डकाअनुसार जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार १ सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार ४ सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए ।

त्यसैगरी उत्तरी छिमेकी राष्ट्रका चिनियाँ पर्यटक ७ हजार २ सय ६७, अमेरिकी पर्यटक ७ हजार ४७, थाइल्याण्डबाट ४ हजार ६ सय १९ जना पर्यटक नेपाल आएका छन् । २०२४ को जनवरीमा दक्षिण कोरियाबाट ३ हजार ८ सय १२, बङ्गलादेशबाट ३ हजार ६ सय २९, अष्ट्रेलियाबाट ३ हजार ४ सय २१, बेलायतबाट ३ हजार २ सय ७६, भुटानबाट २ हजार २ सय २९ र जापानबाट १ हजार ५ सय ६८ जना विदेशी पर्यटक नेपाल आएको बताईएको छ ।