Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

निर्यात हुने नेपाली उत्पादन मौलिक हुनुपर्नेमा जोड

१८ बिहिबार , माघ २०८०२ बर्ष अगाडि

निर्यात हुने नेपाली उत्पादन मौलिक हुनुपर्नेमा जोड

निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन)को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालबाट निर्यात हुने नेपाली उत्पादन मौलिक हुनुपर्नेमा जोड दिएका छन् । अर्थमन्त्री डा. महतले अर्थतन्त्रका लागि निर्यात हुने नेपाली उत्पादन मौलिक हुनुपर्नेमा जोड दिएका हुन् ।

चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले अर्थतन्त्रका लागि निर्यात हुने उत्पादन मौलिक हुँदा निर्यातमा सहज हुनुका साथै व्यापारले देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न सक्ने बताए ।

देशको आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै अर्थमन्त्री महतले थप निर्यात वृद्धिमा ध्यान दिन आग्रह गरेका छन्  । उनले निर्यात व्यवसायीहरूको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्त्वपूर्ण योगदान रहेको समेत उल्लेख गरेका छन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै अर्थमन्त्री डा.महतले निर्यात व्यवसायी महासङ्घ नेपालले उठान गरेका सवालहरू सबै जायज रहेको र सरकारले चाहँदा चाहँदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसकिएको भन्दै निकट भविष्यमा निर्यातकलाई सहुलियत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका थिए  ।

नेपाली उत्पादनहरू उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिदै अर्थमन्त्री डा.महतले निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेकाले निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने बताएका छन् । साथै उनले भारतसँगको व्यापार सम्झौताबाट फाइदा लिन छाडेर साफ्टाको विषय उठाउन अहिलेको आवश्यक नरहेको समेत प्रस्ट पारेका थिए ।