Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

इम्बोस्ड नम्बर रिड गर्ने मेसिन प्रहरीलाई हस्तान्तरण

१८ बिहिबार , माघ २०८०९ महिना अगाडि

इम्बोस्ड नम्बर रिड गर्ने मेसिन प्रहरीलाई हस्तान्तरण

इम्बोस्ड नम्बर प्लेट रिड गर्ने रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन यन्त्र पाँच थान नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेट रिड गर्ने पाँच थान ‘आरएफआईडी’ यन्त्र नेपाल प्रहरीलाई हस्तान्तरण गरेका हुन् ।

मन्त्रालयमा आयोजित एक कार्यक्रमका मन्त्री ज्वालाले इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन यन्त्र (आरएफआइडी) प्रहरीलाई हस्तान्तरण गरेको बताईएको छ । उनले सो यन्त्र नेपाल प्रहरी मुख्यालयअन्तर्गत कार्यविभाजनका प्रहरी नायब महानिरीक्षक भरत बोहोरालाई हस्तान्तरण गरेका हुन् ।

तत्कालका लागि पाँच थान हस्तान्तरण गरिएको उक्त यन्त्र छिट्टै एक सय थान हस्तान्तरण हुने यातायात व्यवस्था विभागले जनाएको छ । योसँगै अब मन्त्रालयको यातायात व्यवस्था विभागले देशका विभिन्न नाकामा इम्बोस्ड प्लेट रिड गर्ने गेटको निर्माण गरिरहेको विभागले जानकारी दिएको छ ।

मन्त्री ज्वालाले सवारी साधनमा इम्बोस्ड नं प्लेट जडान गरेसँगै सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले यो प्रणाली महत्वपूर्ण हुने बताएका थिए । कार्यक्रममा उक्त रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन यन्त्रको ‘डेमो’ समेत गरेर देखाइएको थियो ।