Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नाडाका प्रतिनिधी मण्डल र गृहमन्त्री श्रेष्ठबीच छलफल

१८ बिहिबार , माघ २०८०९ महिना अगाडि

नाडाका प्रतिनिधी मण्डल र गृहमन्त्री श्रेष्ठबीच छलफल

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नाडाका अध्यक्ष करण चौधरीसहितका प्रतिनिधी मण्डलले भेटगरी विभिन्न विषयहरूमा छलफल गरेको छन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठसँग नाडाका अध्यक्ष चौधरी सहितको टोलिले भेट गर्दै बिबिध बिषयमा छलफल गरेको हो । 

उपप्रधानमन्त्री श्रेष्ठसँगको भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरूलाई नेपालमा २४ घण्टाको समयासिमा र भन्सारदेखि अधिकतम १६ किलोमिटरसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्था गर्न आग्रह गरेका थिए । अहिले नेपालमा भारतीय मालवाहक साधनहरू ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्था रहेको छ ।

यसरि भारतीय मालवाहक ट्रक निर्वाध रूपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्दा नेपालको मालवाहक सवारी साधनहरूको बिक्री र त्यसको व्यवसायमा गम्भीर असर परेको भन्दै अध्यक्ष चौधरीले समय र दुरी कायम गर्न आग्रह गरेका छन् ।

दुई देशबीच खुला सीमाका कारण भारतबाट अनधिकृत रूपमा लुब्रिकेन्टस्, टायर तथा अटोमोबाइल स्पेयर पार्टसहरू आयात हुने र यसले नेपालका लुब्रिकेन्टस् र टायरट्युब उद्योगहरूलाई गम्भीर असर पर्ने बताए । त्यस्ता अनधिकृत आयातलाई रोक्न सीमा क्षेत्रमा कडाईका साथै व्यवस्थित गर्न आवस्यक रहेको बताईएको छ ।  

अनधिकृत आयातका कारण नेपालमा आधिकारिक व्यापार-व्यवसाय गरिरहेका व्यवसायीहरू आफ्नो व्यवसायमा टिक्न कठिन हुँदै गएको नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले बताएका छन्  । उनले अनधिकृत आयातलाई रोक्न सके देशले गुमाइरहेको ठूलो राजस्व पनि प्राप्त हुने धारणा राखेका थिए ।

भेटघाटमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले २४ घण्टाको समयावधिलाई ७२ घण्टा पुर्‍याइएको र सीमा नाकामा भइरहेको समस्याहरूबारे चासो राख्दै यस्ता समस्याहरूको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताएका थिए । भेटघाटमा नाडाका उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह-कोषाध्यक्ष पंकज अग्रवाललगायत केन्द्रीय कार्य समिति सदस्यहरुको समेत उपस्थिति थियो ।