Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

छानबिन समितिले प्रतिवेदन बुझायो

१८ बिहिबार , माघ २०८०२ बर्ष अगाडि

छानबिन समितिले प्रतिवेदन बुझायो

गतहप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबिच भएको घटनाको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव थानेश्वर गौतम नेतृत्वमा गठित समितिले उक्त घटनाको प्रतिवेदन तयार पारि बुझाएको हो ।

छानबिन समितिले कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक(असई) सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ । त्यसैगरी घटनामा संलग्न अन्य दुई जना सिपाहीलाई अनुशासनको कारबाही गर्न प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा छानबिन समितिले विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई मन्त्रालय फिर्ता बोलाएर विभागीय कारबाही गर्न सिफारिस गरेको बताईएको छ । अध्यागमनको सिसिटिभी फुटेज हेर्न जाँदा भएको घटनामा उपस्थित रहेका डिएसपीलाई पनि अनुशासन सम्बन्धी कारवाहीको लागि सिफारिस गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत शुक्रबार माघ १२ गते चेकजाँच गर्ने प्रहरी जवानसँग विवाद हुँदा प्रहरी र अध्यागमनका कर्मचारीहरुबीच कुटाकुट भएको थियो । दुबै पक्षले तीब्र दबाब दिएसँगै समितिले प्रतिवेदन बुझाएको हो ।