Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पेट्रोलियम पदार्थको भाउ बढ्यो

१८ बिहिबार , माघ २०८०९ महिना अगाडि

पेट्रोलियम पदार्थको भाउ बढ्यो

हिजो राति १२ बजेदेखि लागु हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढेको छ । नेपाल आयल निगमको बुधबार बेलुका बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।

निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको छ । त्यसैगरी खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।

बढेको नयाँ मूल्यअनुसार काठमाडौं र वरपरका जिल्लामा पेट्रोल प्रतिलिटर १ सय ७० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १ सय ५८ रुपैयाँ र ग्यास प्रतिसिलिण्डर १ हजार ९ सय १५ रुपैयाँ तोकिएको छ ।