Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पश्चिमी नेपालमा वर्षा र हिमपात

१८ बिहिबार , माघ २०८०९ महिना अगाडि

पश्चिमी नेपालमा वर्षा र हिमपात

लामो समयपछी नेपालको पश्चिमी क्षेत्रमा वर्षासंगै हिमपात भएको छ । पश्चिमी क्षेत्रको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा  वर्षासंगै हिमपात भएको हो ।  

पश्चिमी वायुसँगै सिर्जना भएका न्यून चापीय प्रणालीका कारण पश्चिम नेपालमा वर्षा र हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार पश्चिमी वायुसँगै सिर्जना भएका न्यून चापीय प्रणालीका कारण सुदूरपश्चिमका जिल्लाहरुमा वर्षा र हिमपात भएको बताईएको छ ।

सुदूरपश्चिमका डडेल्धुरा, दार्चुला, बैतडी, डोटी, अछाम, बाजुरा र बझाङका उच्च क्षेत्रमा हिमपातसंगै हल्का वर्षा भइरहेको छ । त्यसैगरी जुम्लामा पनि बिहानैदेखि हिमपात शुरु भएको छ भने सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको बताईएको छ ।

अघिल्लो वर्षतिर मंसिरमा हिमपात हुनेगरेको भएपनि यसवर्ष ढिलोगरी हिमपात भएपछि हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका छन् । माघ महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने चिन्तामा रहेका किसानलाई अहिलेको हिमपात र वर्षाले केहि राहत मिलेको किसानहरुको भनाई छ ।

हिमपातपछि पश्चिमी क्षेत्रमा अत्यधिक चिसो बढेको बताईएको छ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ भने आज मध्य तथा पश्चिमका पहाडी भूभागमा बादल लाग्ने र पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।