Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्छ : प्रधानमन्त्री

१७ बुधबार , माघ २०८०९ महिना अगाडि

विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्छ : प्रधानमन्त्री

शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जोड दिएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्री धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त कुरामा जोड दिएका हुन् ।

कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने र रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्रीले विश्व विद्यालयले कृषि र वन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । उनले प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने बताउदै कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनु पर्ने उल्लेख गरेका छन् ।

देशको कृषि शिक्षा, अनुसन्धान प्रणाली तथा कृषि र वन विश्वविद्यालयका लागि पनि चुनौतीको विषय भएको प्रधानमन्त्रीको भनाई रहेको छ । उनले विश्वविद्यालयले देशको कृषि र वन विकासमा उत्कृष्ट भूमिका खेल्न सके भविष्यमा राम्रो शिक्षा, अनुसन्धान र विस्तार प्रणालीमा सहयोगको माध्यमबाट प्रविधि उत्पादनमा प्रभावकारी भूमिका निर्वाह हुने बिस्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले विश्वविद्यालयले देशैभरि सबै प्रदेशहरूमा आंगिक कलेजहरू स्थापना गर्ने लक्ष्यअनुरूप अहिले ८ वटा कृषि संकाय र एउटा वनविज्ञान संकाय अन्तर्गतका कलेज र २ वटा कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमा आएकोमा आफुलाई खुसि लागेको बताए ।