Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

संर्घषको कार्यक्रम सार्वजनिक गर्दै सैनिक संगठन

१७ बुधबार , माघ २०८०३ बर्ष अगाडि

संर्घषको कार्यक्रम सार्वजनिक गर्दै सैनिक संगठन

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनले आज संर्घषको कार्यक्रम सार्वजनिक गर्ने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलनमार्फत संर्घषको कार्यक्रम सार्वजानिक गर्ने भएको हो ।

काठमाडौंमा पत्रकार सम्मेलनमार्फत संगठनले सन् १९४७ को गोर्खा भर्ति सम्बन्धि त्रिपक्षिय सन्धि खारेजीको बारेमा सर्वोच्च अदालतले २०७९ माघ २४ गते फैसला गरेर कार्यान्वयनका लागि निर्देशनात्मक आदेश जारी गरिसकेको अवस्थामा पनि अगाडी नबढेकोले संघर्षका कार्यक्रम ल्याउन लागेको बताईएको छ ।

नेपाल भ्रमणमा बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डस रहेको बेला भुतपुर्व गोर्खा सैनिकले दबाब बढाउन आन्दोलनका कार्यक्रम गर्न लागेको हो । सरकारले भने ब्रिटिश गोर्खालीहरूको बेलायती समकक्षहरू सरह समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको मागमा पहल गरिदिन बेलायती टोलीलाई अनुरोध गरेको बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बेलायती सेनाध्यक्ष सहितको टोलीले छुट्टाछुट्टै भेटवार्ता गरेको छ भने सोहि क्रममा सरकारले समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको मागमा पहल गरिदिन बेलायती टोलीलाई अनुरोध गरेको बताईएको छ ।