Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भाइरल ज्वरो र रुघाखोकी देखिएपछी विद्यालय बन्द

१७ बुधबार , माघ २०८०९ महिना अगाडि

भाइरल ज्वरो र रुघाखोकी देखिएपछी विद्यालय बन्द

बालबालिकाहरु भाइरल ज्वरो र रुघाखोकीका कारण बिरामी हुन थालेपछि बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको विद्यालय बन्द गर्न थालिएको छ । जिल्लाको स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको हो ।  

माझपाटा आधारभूत विद्यालयका प्रधानाध्यापक दानबहादुर धामीले बिद्यार्थीमा देखिएको जोखिम फैलिन नदिन विद्यालय बन्द गरेको बताएका छन् । साथै, उक्त गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बालबालिकामा देखिएको भाइरल ज्वरो नियन्त्रणका लागि  स्वास्थ्यकर्मीलाई औषधि दिएर उपचारमा खटाउने बताउदै तत्कालका लागि विद्यालय बन्द गरेको जानकारी दिएका छन्  ।

त्यसैगरी एक साताअघि सोहि गाउँपालिकाको जुकोटस्थित शम्भुसुनन्दा माध्यमिक विद्यालयका बालबालिकामा पनि भाइरल ज्वरोको समस्या देखिएको बताईएको छ । चिसो अत्यधिक बढेसँगै लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण समुदायमा रुघाखोकी र भाइरल ज्वरोको सङ्क्रमण फैलिएको स्वास्थ्यकर्मी बताउँछन् ।

रुघाखोकी सरुवा रोग भएका कारण सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सुरक्षित रहन आग्रह समेत गरिएको छ ।