Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

प्राज्ञहरु पदका लागि झुक्छन्

१७ बुधबार , माघ २०८०२ बर्ष अगाडि

प्राज्ञहरु पदका लागि झुक्छन्

काठमाडौं । उपकूलपति पाउँ भनेर दरखास्त हाल्ने हो प्राज्ञहरुले ? त्रिविमा उपकूलपति पाउँ भनेर दरखास्त हाल्ने ४३ जनाले आफैलाई अपमानित गरे ।
उपकुलपतिमा दरखास्त दिनेहरूमा– प्राडा शिवलाल भुसाल, त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले पनि दरखास्त दिनुभएको छ । त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका हालका उपकुलपति प्राडा नन्दबहादुर सिंह, प्राडा इन्द्र कार्की, प्राडा राजकुमार पोख्रेल, सङ्गीता रायमाझी, सञ्जय आचार्य, प्राडा टङ्कनाथ धमला, प्राडा आनन्दवल्लभ जोशी, प्राडा अक्कलजेव मिश्र, प्राडा ऋदिशकुमार पोखरेल, नारायणप्रसाद पाठक, प्राडा ज्ञानेन्द्रप्रसाद पौडेल, डा. विनयकुमार झा, डा. शुभनारायण पाठक, प्राडा महानन्द चालिसे, सूर्यबहादुर थापा, प्राडा भोजराज अर्याल, भीमसेन देवकोटा, प्राडा वेदनाथ शर्मा, प्राडा नारायणप्रसाद बेल्बासे, प्राडा हेमराज शर्मा, प्राडा प्रकाश घिमिरे, प्राडा प्रकाश घिमिरे (गोरखा), डा. रामचन्द्र बस्नेत, प्राडा केदारनाथ घिमिरे, प्राडा महेन्द्रप्रसाद शर्मा, प्राडा विनोद पराजुली, प्राडा देवबहादुर खड्का, प्राडा कृष्णराज तिवारी, प्राडा गोविन्द सुवेदी, प्राडा नवराज देवकोटा, बालमुकुन्द रेग्मी, प्राडा रामप्रसाद रेग्मी, प्राडा चित्रबहादुर बुढाथोकी, प्राडा त्रिरत्न बज्राचार्य, प्राडा एकराज ओझा र प्राडा प्रमोदकुमार झा समेत रहनु भएको छ ।