Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लोकतान्त्रिक उत्साह मर्‍यो ?

१७ बुधबार , माघ २०८०९ महिना अगाडि

लोकतान्त्रिक उत्साह मर्‍यो ?

काठमाडौं । उत्तम पद्धति छ, निकृष्ठ नेतृत्वले सिध्याउने भए । नेता र पार्टीको कमी छैन, एकसे एक जुधारु नेता पनि छन्, दुर्भाग्य जनताले विश्वास गर्न लायक एकजना नेता पनि देखिदैनन् ।
जनयुद्धमा जनताले साथ दिए, जनयुद्धकारी पटक पटक सत्तामा गयो, पीडा जनताले भोग्न बाध्य भए । समाजवादीहरु पनि सत्तामा गए, सत्तामा छन्, समाजवाद कुन चराको नाम हो बताउन सक्दैनन् ।
बुढाले भएन, युवा चाहियो भन्ने जनताको मत थियो, केही युवा संसद, सत्तामा पुगे, तिनले पनि कानै चिरिएका व्यवहार देखाए । केही आशलाग्दा युवाहरु छन्, तिनले गर्नुपर्नेजति कर्म गर्न सकेका छैनन्, क्षमताले भ्याएको छैन । चुनाव जितेर भर्खर सत्तामा पुग्नेहरु मिसन ८४ भन्न थालेका छन् । अहिलेको अवसर छोप्न नसक्ने, ५ वर्षपछिको अवसरका लागि एडभान्स बुकिङ् गर्ने ? कस्तो निम्छरो चाला ?
युवादेशि बुद्धिजीवीसम्म, नेतादेखि प्रशासकसम्म कोही पनि नेपालमा बस्न चाहँदैनन् । हरेक नेपाली सबैको चाहना सकेसम्म युरोप, अमेरिका, नसके अष्टे«लिया, क्यानडा, जापान, कोरिया अथवा अन्य सुविधासम्पन्न मुलुक जाने तैयारी नै रहेको छ ।
आखिर किन यसरी जनतामा नैराश्यकता बढ्यो ? किन देशप्रतिको यति साह्रो उदासीनता ? किन मर्दै गयो नेपाली राष्ट्रवाद ? नेपाल मूर्दा मुलुक भइसकेको हो त ? जिवन्त भएको भए सामाजिक जनजीवनमा यसरी उत्साह मर्दैन ?
नेपाली समाज यसरी निराश हुनुको कारक राजनीति हो, राजनीतिमा पन्पिएको अपराध हो, नेताको परिवारवाद र भ्रष्ट चरित्र हो । निराश जनतामामा जिवन्तता ल्याउनका लागि कुनै दल, नेता, प्रशासक, बुद्धिजीवी, चिन्तक कोही पनि देखिदैनन् । हरेकले एउटा एउटा पार्टी समातेका छन्, अवसरको खोजी गरिरहेका छन् । जसले अवसर पायो, भ्रष्टाचारमा नुहाउँछन्, जसले अवसर पाउँदैनन्, तिनीहरु व्यक्तिगत आक्रोश पोख्छन् । निराश समाजका सदस्यहरु जसरी पनि विदेश जान पाए गरिखान पाइन्थ्यो भन्नेमा छन् । जो भ्रष्टाचारको पैसा विदेशमा थुपारिरहेका छन्, जिन्दगी बिताउन विदेशको तैयारीमा बसेका छन् ।
हरेक शासक, प्रशासक, नेता, अधिकारकर्मीले समेत आफ्ना सन्तानलाई विदेशमा पु¥याएका छन् । देशमा फिर्ता बालाउन कोही पनि तेयार छैनन् । देशमा उनीहरुकै हालीमुहाली चल्ने, विदेश पठाउन उनीहरु नै सक्षम छन् । आमनागरिक सके खाडीतिर अथवा अन्यत्र जाने, नसके यही भ्रष्टाचारको भारीले थिचिएर मर्ने ? यसकारण परिवर्तन अवश्यम्भावी हुनपुगेको छ । जनता जाग्न थालेका छन् । जो देशमा छन्, तिनीहरु जागे भने समाजको नैराश्यता विद्रोहमा रुपान्तरण हुनेछ र समाजमा जीवन भरिने पक्का छ । जनता राष्ट्र हुन्, जनता बाँच्नु भनेको राष्ट्र बाँच्नु हो । यो जिवन्तता नेपालको आवश्यकता बनेको छ ।
यदि नीतिहीनता, नैतिकहीनता, जवाफदेही हीनताले जित्यो भने राष्ट्र मर्नेछ । राष्ट्र मर्नु भनेको १९७५ को सिक्किम हुनुजस्तो नहोला तर निर्णायकत्व पनि नरहला ।
नेपालको वर्तमान र भविष्यको निर्णायकत्व बचाउनका लागि पनि एउटा बिद्रोहको खाँचो छ । विश्लेषकहरु भन्छन्– अबको जनविद्रोहले श्रीलंकाको जस्तो परिणति दिनेछ । कुन नेता वा कुन पार्टी कता छ भनेर लामो समय खोज्दा पनि भेटिने छैन । जनता सडकमा आउन थालेका छन्, अभिभावक खोज्न थालेका छन्, यो जनउर्लाई जनविद्रोहमा परिणत होला नहोला ? प्रतिक्षा गरौं ।