Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बीआरआईमा अलमलै अलमल

१७ बुधबार , माघ २०८०२ बर्ष अगाडि

बीआरआईमा अलमलै अलमल

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल उच्चदेखि तल्ला तहसममका शासक, नेता, कार्यकर्तालाई समेत भेटेर नेपाल चीन सम्बन्धबिस्तार र बीआरआईको कार्यान्वयनका विषयमा गहन बिमर्श गरेका खबर छन् । चिनयाँ राजदूत र उपमन्त्रीको दौडधूप देख्दा लाग्छ, बीआरआई कार्यान्वयन संकटमा रहेको छ ।
उपमन्त्री हेयान नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल शुक्रबार काठमाडौं आइपुगेको हो । बंगलादेश हुँदै उक्त प्रतिनिधि मण्डल नेपाल आइपुग्दा नेपाली राजनीतिक र कूटनीतिक बृत्तमा ठूलै तरङ्ग आएको छ । यसमाथि चीनले दुई मुलुकको सम्बन्धलाई मजबुत पार्ने पुलका रुपमा बीआरआईलाई अगाडि सारेपछि त खासगरी भारो अमेरिकीधुरी चासोका साथ भ्रमणलाई विश्लेषण गरिरहेका छन् ।
माल्दिभ्सका राष्ट्रपति राष्ट्रपति मोहम्मद म्यैजु चीनतिर ढल्केको आरोप लगाउने भारतले नेपाललाई पनि चीनतिर लागेको आरोप नेपालका चुच्चेनक्सा भारतको नक्सामा हाल्दैदेखि लगाउँदै आएको छ । तथापि विदेशमन्त्री एस जयशंकर रिसाएपछि नेपालका शासनसत्तामा रहेकाले कुनै पनि सीमा र अन्य समस्या नउठाएर उठबस नै गरेको विश्लेषकहरुको विश्लेषण रहेको छ ।
चिनियाँ दूतावास निकट स्रोतका अनुसार नेपालमा उपमन्त्री हेयान राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गर्दा सकारात्मक धारणा पाएको बताए पनि प्रष्ट र सन्तुष्ट हुन नसकेको टिप्पणी गरेका छन् । स्रोत भन्छ– बीआरआई कार्यान्वयनका लागि केही तत्वले भाँजो हालेका छन् । किटान नगरे पनि चीनले भारो–अमेरिकी धुरीमाथि यो आरोप लगाएको हो भनेर बुझ्न सकिन्छ । एमसीसी पारित गर्दा मौन बसेको चीनले यतिबेला बीआरआईप्रतिको सत्ताधारी दलभित्रै रहेको नकारात्मक सोच र अस्पष्टताबारे चीन सचेत हुनुपर्ने निष्कर्षमा पुगेको देखिन्छ । एकप्रकारले यो अस्पष्टता र बिबाद, भाँजोले नेपालका लागि लाभदायक परिणाम पनि दिनसक्छ । भन्नेहरु भन्छन्– नेपालका लागि अनुदानको विकल्प छैन । बीआरआईका लागि तय गरिएका ठूला परियोजनामा चीनले अनुदान दिने निर्णय गर्नसक्छ । यसो भयो भने नेपाल र चीनवीचको मित्रता बढ्ने र नेपालको समृद्धिमा चीनको हातेमालो अविश्मरणीय हुनसक्छ ।