Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बीआरआईमा कांग्रेस र एमालेवीच मतभेद बढ्यो

१७ बुधबार , माघ २०८०९ महिना अगाडि

बीआरआईमा कांग्रेस र एमालेवीच
मतभेद बढ्यो

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयानले नेपाल उत्रनासाथ राजनीतिक भेटघाटलाई तीब्रता दिएकी थिइन् । चीनको नजरमा ठूलापार्टीमात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई समेत महत्व दिएर साना पार्टीहरुको सहयोग र सहकार्य पनि चीन तैयार रहेको जनाउ दिएकी छिन् । त्यसो त नेपालका जसपा, लोसपाजस्ता तराई केन्द्रित पार्टी र राप्रपा र राप्रपा नेपालभित्र समेत चीनको राम्रो सम्बन्ध रहेको सहजै बुझ्न सकिन्छ ।
हेयानको नेपाल भ्रमणको मुख्य उद्देश्य बीआरआईको कार्यान्वयन सन २०१७ देखि किन रोकियो ? भन्नेमा केन्द्रित रहेको छ । नेपालको राजनीतिक, कूटनीतिक हैसियत बुझेको चीनले अब आएर नेपालको सफ्ट लोन कि अनुदान भन्ने विषयमा समेत प्रवेश गरेर सहयोग र सहकार्य गर्न चाहेको संकेत गरेकी छिन् । नेपालका लागि सफ्ट वा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणजस्तो हार्ड लोन दुबै धान्नसक्ने हैसियत कमजोर भएर गएको छ । बिगत ६ महिनामा ६ खर्बमाथिको व्यापार घाटा, २३ खर्बभन्दा बढी ऋणभार भइसकेको स्थितिमा नेपालको आर्थिक अवस्था साह्रै नै खराव रहेको छ । नेपालले विकासभन्दा पनि प्रशासनिक खर्च धान्नमै आफ्नो राजस्व खर्च गरेको छ । यतिमात्र होइन, कर्मचारीलाई तलव, पेन्सन खुवाउन र विशिष्टहरुलाई भत्ता सुविधा दिनसमेत ऋण लिनुपर्ने अवस्था रहेको छ । विकासका लागि ऋणभार थप्न नेपालका लागि असम्भव छ । तर विकास नगरी पनि भएको छैन ।
एकातिर राजनीतिक अस्थिरता, अर्कोतिर कूटनीतिक असक्षमता र त्यसमाथि शासन प्रशासनमा राजनीतिकरणसहितको अपराधिकरणले गर्दा व्यवस्थामाथि नै गम्भीर चुनौती खडा भइसकेको छ । यसकारण पनि नेपालले ऋण लिएर भ्रष्टाचार बढाउने र देशमाथि भार थप्नुभन्दा पनि देशको स्थिरता र सुशासनमा ध्यान दिनुपर्नेछ ।
चीन नेपालको विकासका लागि बीआरआई कार्यान्वयन गरौं, चीन सहकार्य गर्न तैयार छ भनेकी छिन् तर सत्तारुढ कांग्रेस विकास भन्छ, बीआरआईको नाम पनि लिन तैयार छैन । चीनले नेपालमा बीआरआईप्रति भूराजनीतिक कालो छायँ परिसकेको देख्दा चीनले के गर्ला ?