Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भारत र चीनसग गम्भीर समस्या

१७ बुधबार , माघ २०८०३ बर्ष अगाडि

भारत र चीनसग गम्भीर समस्या

काठमाडौं, भारतका विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमण गरेर फर्कनासाथ चीनका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आएर नेपाली नेताहरूको नाडी छाम्दै बीआरआई कार्यान्वयन गरौं, चीन सहकार्य गर्न तैयार छ भनेकी छिन् । कांग्रेसले विकास भनेको छ, एमाले कार्यान्वयन गरौं भन्छ, सत्ता मौन निर्णयहीन छ । यति नै बेला सीमाविद बुद्धिनारायण श्रेष्ठले न्यूज २४ लाई अन्तर्वार्ता दिएर भारत र चीनसँग नेपालको गम्भीर समस्या रहेको र कूटनीति फितलो भएको भनेका छन् ।
सीमाविद श्रेष्ठको अन्तर्वार्ताको सार संक्षेप यस्तो छ–
https://youtu.be/b93YJOHZh4c¿si=CbumHBRau8dbyKP-
भारत र चीनसँग नेपालको गम्भीर समस्याहरू छन् ।
२०१५ को भूकम्पपछि चीनले सीमानाका मनलाग्दा खोल्ने, मन नलाग्दा बन्द गर्ने गरेको छ । सीमाका जनता र व्यापारीले ठूलो मुल्य चुकाउनु परेको छ ।
चीनका नाकाबाट हतियार, अपराध र अवैध धन्दा बढेका छन् । 
तिब्बतको नाम सिजाङ राख्दै सीमाक्षेत्रमा चिनियाँ संस्कृति प्रवाह बढेको छ । नेपाली संस्कृति बिनासको खतरा छ । केरूङ काठमाडौं रेलवे निर्माण सपनाजस्तो योजना हो । २३ खर्ब विदेशी ऋण भइसकेको, पोखरा र भैरहवा एयरपोर्टको ऋण तिर्न सकेको छैन, रेलवे अर्को डेब्ट ट्रय्राप हुनसक्छ । अनुदान खोज्नुपर्छ ।
रेलवे निर्माण गरियो भने बिसौं वर्ष चिनियाँ सुरक्षाकर्मी र बसोबास गर्ने जनप्रवाह बढ्छ, नेपालका लागि भूराजनीतिक र सुरक्षा समस्या थपिन्छ ।
विज्ञहरूको चिन्ता छ– भारतले नेपालभित्र धेरै संरचना बनाइदिएको छ । चीनले नेपालभन्दा आफ्नै क्षेत्रमा बढी संरचना निर्माण र सुरक्षाकर्मी तैनाथ गर्न थालेको छ । नेपाल समानान्तर सुरक्षा व्यवस्थापन गर्न सक्षम छैन । चिनियाँ हाइड्रो, सिमेन्ट, ड्राइपोर्ट वा अन्य योजनामा नेपाली अदक्ष कामदारमात्र लगाउँछ । फास्ट ट्रय्राकमा अदक्ष कामदार महिलालाई कुटपिट गर्नेजस्ता घटना पनि भएको छ । चिनियाँहरूले नेपाली गरिबमाथि मालिकको जस्तो व्यवहार गर्छन् । चिनिया धनीहरूले नेपाली युवतीलाई श्रीमती भन्दै नोकरका रूपमा चीन लाने गरेका छन् ।
भारत नेपाललाई सानो भाइ भन्छ । चीनले पनि त्यस्तै व्यवहार बढाएको छ ।