Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपालमा भ्रष्टाचार समस्या कायमै,सूचाकांकमा १०८ औं स्थान

१६ मंगलबार , माघ २०८०३ बर्ष अगाडि

नेपालमा भ्रष्टाचार समस्या कायमै,सूचाकांकमा १०८ औं स्थान

ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सूचकाङ्कअनुसार नेपाल भ्रष्टाचारकाे एक सय आठौँ स्थानमा परेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा परेको हो ।

गत वर्ष अर्थात् सन् २०२२ मा नेपाल ३४ अङ्कसहित एक सय १०औँ स्थानमा थियो । त्यस्तै, सन् २०२१ मा ३३ अङ्कसहित एक सय १७औँ स्थानमा थियो । जसबाट नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका एक सय ८० मुलुकको भ्रष्टाचारको अवस्था विश्लेषण गर्दा कम भ्रष्टाचार हुने मुलुकमा ९० अङ्कसहित डेनमार्क पहिलो स्थानमा रहेको बताइन्छ।

त्यस्तै, कम भ्रष्टाचार हुने मुलुकमा फिनल्यान्ड दोस्रो, न्यूजिल्यान्ड तेस्रो, नर्वे चौथो र सिङ्गापुर पाँचै स्थानमा छन् । त्यसपछि क्रमशः स्वीडेन, स्विजरल्यान्ड, नेदरल्यान्ड, जर्मनी र लग्जेम्बर्ग छन् ।

ट्रन्सपरेन्सी इन्टरलेसनको अनुसार  उक्त सूचीमा सोमालिया ११ अङ्कसहित एक सय ८० औँ स्थानमा छ । त्यस्तै भेनेजुयला, सिरिया, दक्षिण सुडान, यमनलगायत मुलुकहरु बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा छन् ।

त्यस्तै, नेपालका दुई छिमेकी मुलुकमध्ये भारत ३९ अङ्कसहित ९३औँ स्थानमा र चीन ४२ अङ्कसहित ७६औँ स्थानमा छन् ।

विभिन्न १३ प्रकारका सर्वेक्षण तथा जाँच गरी ट्रान्सपरेन्सी इन्टरनेसनलले यो सूचकाङ्क तयार पार्नका लागि विश्व बैङ्क, वर्ल्ड इकोनोमिक फोरमलगायत विभिन्न संस्थाबाट प्राप्त तथ्याङ्कलाई विश्लेषण गरिएको बताइन्छ।