Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पीसीएलको परीक्षामा २४ प्रतिशत पास

१६ मंगलबार , माघ २०८०९ महिना अगाडि

पीसीएलको परीक्षामा २४ प्रतिशत पास

माघ १० देखि १४ गतेसम्म नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएकाे पीसीएल तहको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएकाे छ । परिक्षामा जम्मा २४.३४ प्रतिशत परिक्षार्थी पास भएका छन् ।

यहि माघ १० देखि १४ गतेसम्म सञ्चालन भएको आठौं नाम दर्ता परीक्षामा २४.३४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परिषद्ले जनाएको छ । परीक्षामा ३ हजार २ सय ७९ परीक्षार्थी सहभागी भएका मध्ये ७ सय ९८ जना पास भएका छन् । परिक्षामा सामेल २ हजार ४ सय ८१ जना अनुत्तीर्ण भएकाे परिषद्ले जनाएकाे छ ।

विभिन्न नौं वटा विषयको लाइसेन्स परीक्षा सञ्चालन गरिएकोमा सबैभन्दा बढी ६६.६७ प्रतिशत परीक्षार्थी डायलासिस टेक्नोलोजीमा पास भएका छन् भने सबैभन्दा कम १४.२४ प्रतिशत परीक्षार्थी डेण्टल हाइजिनमा उत्तीर्ण भएकाे बताइएकाे छ ।