Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उच्च अदालतका न्यायाधीश मरासेनीको निधन

१६ मंगलबार , माघ २०८०९ महिना अगाडि

उच्च अदालतका न्यायाधीश मरासेनीको निधन

आज विहान उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका कारण निधन भएको छ । हृदयघात भएपछि अस्पताल पुर्‍याइएको मरासेनीको उपचारका क्रममा निधन भएकाे हाे ।

बिहान अदालत जाने तयारीका रहेका उनलाई हृदयघात भएपछि उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा विहान १० बजे निधन भएको उच्च अदालत पाटनले जानकारी दिएकाे छ ।

एक महिनाअघि जिल्लाबाट बढुवा भएर उच्चमा पुगेका न्यायाधीश मरासिनीले हालैमात्र उच्चकाे कार्यभार सम्हालेका थिए । न्यायाधीश मरासेनीको मृत्युपछि उच्च अदालत पाटनको सम्पूर्ण पेशी स्थगित भएको समेत अदालतले जानकारी दिएको छ ।

स्वर्गिय न्यायाधीश मरासेनीकि छोरी पोखरामा भएको र उनी पोखराबाट काठमाडौँ आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएकाे छ ।