Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शहीद दिवस मनाइँदै

१६ मंगलबार , माघ २०८०९ महिना अगाडि

शहीद दिवस मनाइँदै

आज देशभर विविध कार्यक्रमकाे आयाेजना गरि शहिद दिवस मनाइँदै छ । हरेक वर्ष माघ १६ गते नागरिकको हकअधिकार र स्वतन्त्रताका लागि शहादत प्रदान गर्ने महान शहिदहरूको सम्मानमा शहिद दिवस मनाउने गरिएकाे हाे ।

देशमा आमुल परिवर्तनका लागि इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा माघ १६ गते देशभर शहीद दिवस मनाउने गरिन्छ ।

प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा वि.सं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगलाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएकाेमा उनिहरूकाे सम्झनामा माघ १० देखि १६ गतेसम्मलाइ शहिद सप्ताहाका रूपमा मनाउने गरिएकाे छ ।

शहिद दिवसका अवसरमा आज शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी आयोजना गर्ने जनाइएको छ भने प्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिसहितको प्रभातफेरी शहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको बताइएकाे छ ।

शहिद दिवसकाे अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत राजनैतिकदलका प्रमुखहरूले शहिदहरूकाे शालिकमा माल्यर्पण गरि शहीद दिवसका अवसरमा सन्देश जारी गरेका छन् । 

काठमाडौं महानगरपालिकाले विसं २०१२ देखि महानगरको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालेको हो ।