Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आज देखि सरकारी कार्यालयकाे समय ५ बजेसम्म

१६ मंगलबार , माघ २०८०२ बर्ष अगाडि

आज देखि सरकारी कार्यालयकाे समय ५ बजेसम्म

कात्तिक १६ गते देखि माघ १५ गतेसम्म सरकारी कार्यालयकाे समय विहान १० बजे देखि ४ बजेसम्म रहेकाेमा आज देखि साँझ ५ बजेसम्म खुल्ने भएकाे छ । माघ १६ गते देखि चैत्र मसान्तसम्म विहान १० बजे देखि साँझ ५ बजेसम्म खुल्ने भएकाे हाे ।  

देशभरका सम्पूर्ण सरकारी कार्यालय आज देखि साँझ ५ बजेसम्म खुल्ने बताइएकाे छ । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म हुने व्यवस्था गरेकाे थियो ।

सरकारले ताेकेअनुसार वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ गते देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । तर,गृहमन्त्रालयका अनुसार शुक्रबारकाे हकमा भने बिहान १० बजे देखि अपराह्न ३ बजेसम्म कार्यालय खुला रहने गृहमन्त्रालयले जनाएको छ । 

साथै, सरकारले खाजा खाने समय दिउँसो १ः३० देखि २ बजेसम्म निर्धारण गरेको छ ।