Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्रीद्धारा औषधि उत्पादनका लागि गृहकार्य थाल्न निर्देशन

१५ सोमबार , माघ २०८०९ महिना अगाडि

प्रधानमन्त्रीद्धारा औषधि उत्पादनका लागि गृहकार्य थाल्न निर्देशन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई औषधि उत्पादनका लागि आवश्यक गृहकार्य थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । प्राकृतिक स्रोत र सम्पदाहरूको सदुपयोग गरी प्रतिष्ठानले औषधि उत्पादनका लागि आवश्यक गृहकार्य थाल्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर प्रतिष्ठानले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताएका हुन् । उनले  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै कर्णाली प्रदेश अथाह प्राकृतिक र जडीबुटी स्रोतमा महत्त्वपूर्ण रहेकाले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरि औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिन आवस्यक रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले स्रोत र साधनको अभावमा पनि प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्दै  आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने बताए । उनले बाटोघाटोको असुविधा, दक्ष चिकित्सक र प्राविधिकको अभावजस्ता समस्यालाई समाधान गर्न सरकारको तर्फबाट उचित पहल लिने बताउदै मागहरू क्रमशः सम्बोधन गर्दै जाने विश्वास दिलाए ।