Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउन नहुने

१५ सोमबार , माघ २०८०९ महिना अगाडि

वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउन नहुने

मुलुकको सबैभन्दा जेठो वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रो.डा. भूपेन्द्रकुमार बस्नेतले प्रतिष्ठानबाट छुट्याउन नहुने बताएका छन् । सिंहदरबारमा बसेको कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै उनले उक्त धारणा राखेका हुन् ।

उपकुलपति प्रो.डा. बस्नेतले सिंहदरबारमा बसेको कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै २०६३ सालमा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आङ्गिक अस्पताल बनाइएको बताए । उनले अहिले संसदमा पेस भएको नेपाल ऐन संशोधनका दफा ४४ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ मा संशोधन गरिएकोप्रति आफूहरूको असहमति रहेको बताउदै वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउन नहुने बताए ।

उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, ०६३ को दफा १४ को १ मा संशोधन गरेर वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग छुट्याइनुपर्छ भन्ने पेस भएको बताउदै त्यसो गर्दा संशोधनले विशेषज्ञ चिकित्सक उत्पादनमा प्रत्यक्ष असर गर्ने बताए । साथै, चिकित्सा शिक्षा सम्बन्धी युनिभर्सिटी सञ्चालन हुनका लागि त्यसको आफ्नो अस्पताल हुन अनिवार्य रहेको बताएका छन् ।

उपकुलपति प्रो.डा. बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर छुट्टिँदा नेपालमा एमडीएमएसको सबैभन्दा धेरै विज्ञ निकाल्ने संस्थालाई नै असर पर्ने बताएका छन् ।