Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विमानस्थलको अध्यागमनमा झडपमा उत्रिएका प्रहरीलाई हटाईयो

१५ सोमबार , माघ २०८०९ महिना अगाडि

विमानस्थलको अध्यागमनमा झडपमा उत्रिएका प्रहरीलाई हटाईयो

गएको शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारीसँग झडपमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको छ । अध्यागमनका कर्मचारी र त्यहाँ खटिएका कर्मचारीबीच झडप भएपछी झडपमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको हो ।

शुक्रबार विमानस्थलभित्र अध्यागमनका कर्मचारी र त्यहाँ खटिएका कर्मचारीबीच कुटाकुटमा भएको थियो । उक्त घटनापछी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलेलाई भेट्न आएका कर्मचारी संगठनका नेताहरूसँग ती प्रहरीलाई विमानस्थलबाट हटाइएको जानकारी दिइएको थियो ।

कर्मचारीसँग कुटपिटमा उत्रिएका प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे अध्यागमनसहित देशभर कामकाज ठप्प पार्ने चेतावनी संगठनका नेताहरुले गृहमन्त्रीलाई दिएका थिए । त्यसपछि गृहमन्त्री श्रेष्ठले डीएसपीसहितको कमान्डका र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइसकिएको जवाफ कर्मचारीका नेताहरूलाई दिएका थिए ।

कर्मचारी संगठनका नेताहरूसँग गृहमन्त्री श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र विमानस्थल घटना छानबिन समितिको संयोजक एवम गृहका सहसचिव थानेश्वर गौतम पनि सहभागी रहेका थिए ।