Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अनलाइन सेवा दिदै त्रिवि परीक्षा नियन्त्रण कार्यालय

१५ सोमबार , माघ २०८०९ महिना अगाडि

अनलाइन सेवा दिदै त्रिवि परीक्षा नियन्त्रण कार्यालय

सोमबारदेखि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन सेवा दिने भएको छ । कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा अनलाइबाटै दिने भएको हो ।

त्रिवि कार्यालयबाट प्रदान गरिने उक्त सेवाहरु अनलाइबाटै लिन सकिने कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवाहरु आज बिहान १० बजेदेखि सञ्चालन हुने बताईएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन गर्ने र पूर्ण अनलाइन सञ्चालनबारे पछी सूचना प्रकाशन गरी जानकारी दिने बताएको छ । जसअनुसार  अनलाइन प्रक्रियाका लागि tuexam.edu.np मा लगइन गरी सर्टिफिकेट लिंकमा क्लिक गरेपछि साइनअप गर्नुपर्ने र त्यसपछि सेवाग्राहीले कार्यालयले मागेको सूचना विवरण उपलब्ध गराउनुपर्ने छ ।

त्यसरी अपलोड गरिएका सूचना अपूर्ण वा गलत भएमा सम्बन्धित विद्यार्थीलाई जानकारी गराइ पुनः अपलोड गर्न सक्ने व्यवस्था हुने कार्यालयले जनाएको छ । अनलाइन सेवा नहुँदा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु सेवा लिन दिनभर लाइन लाग्नुपर्ने बाध्यता रहेकाले कार्यालयले अनलाइन सेवा दिन सुरु गरेको बताईएको छ ।