Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै

१४ आइतबार , माघ २०८०९ महिना अगाडि

आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै

आज ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । उक्त नाराका साथ आज देशभर ७१ औँ विश्व कुष्ठरोग दिवस मनाउन लागिएको हो ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार यो रोगको उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको मध्यमबाट सर्ने बताईएको  छ ।

यस रोग लागेको थाहा हुने बितिकै उपचार गरे अरूलाई नसर्ने र पूर्णरुपमा निको हुने रोग हो । यो रोग नेपालमा पछिल्लो समय वार्षिकरुपमा औसतमा २२ सय जनामा फेला पर्ने गरेको र गत वर्ष मात्रै २५ सय २२ जनामा यो रोग लागेको पुष्टि भएको थियो ।