Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मालपोत हाकिम पनेरुलाई जरिवाना सहित ६ महिना कैद

१४ आइतबार , माघ २०८०९ महिना अगाडि

मालपोत हाकिम पनेरुलाई जरिवाना सहित ६ महिना कैद

मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरु महतलाई डेढ लाख रुपैयाँ जरिवाना सहित ६ महिना कैद सजाय सुनाइएको छ । घुस लिएर भ्रष्टाचार गरेको मुद्दामा शुक्रबार विशेष अदालतले उनलाई ६ महिना कैद र डेढ लाख रुपैयाँ जरिवाना तोकेको हो ।

विशेषका अदालतका टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला गरेको थियो ।  २०७९ वैशाख  ११ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख महतलाई १ लाख ५० हजार रुपैयाँ घुष सहित नियन्त्रणमा लिएको थियो ।

गत २०७९ बैशाख १ गते राष्ट्रपतिबाट प्रबल जनसेवाश्री चतुर्थ विभूषणद्धारा विभूषित उनलाई बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ ललागत दर्ता सहित छोराका नाममा पास गरिदिए बापत सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ गरिएको थियो ।