Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महानगरले गर्‍यो धरहरामा पार्किङको व्यवस्था

१४ आइतबार , माघ २०८०९ महिना अगाडि

महानगरले गर्‍यो धरहरामा पार्किङको व्यवस्था

काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यसको विकल्पमा सुन्धारास्थित निर्माणाधीन धरहराको जमिनमुनिको तला (बेसमेन्ट)मा निःशुल्क पार्किङको व्यवस्था गरेको छ । महानगरले सवारी चालकलाई सहज पार्किङ स्थल उपलब्ध गराउने उद्देश्यले धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको हो ।

महानगरपालिकाले आजदेखि धरहराको बेसमेन्टमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउदै न्युरोड क्षेत्रमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेको छ । सरोकारवालासँगको समन्वयमा धरहरा क्षेत्रको बेसमेन्टमा पार्किङ सेवा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताएका छन् ।

धरहराको बेसमेन्ट क्षेत्रमा कुल डेढ लाख वर्गफिट क्षेत्रफलमा पार्किङ गर्न सकिने बताउदै प्रमुख पाण्डेले चारपाङ्ग्रे सवारीसाधन चार सय र मोटरसाइकल एक हजार पाँच सयभन्दा बढी पार्किङ गर्न सकिने बताएका छन्  । संरचनागत रूपमा यो ठाउँ मुलुककै अहिलेसम्मको सबभन्दा ठुलो पार्किङ संरचना रहेको पनि उनको भनाई छ ।

धरहराको पार्किङ सहिद गेटबाट न्युरोडतर्फ जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुग्न सकिन्छ । मनागराले यसअघि काठमाडौँ टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराएको थियो ।