Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

थुनुवा भगाइ आफू पनि फरार रहेका प्रहरी जवान पक्राउ

१२ शुक्रबार , माघ २०८०९ महिना अगाडि

थुनुवा भगाइ आफू पनि फरार रहेका प्रहरी जवान पक्राउ

थुनुवालाई भगाइ आफू पनि फरार रहेका प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन् । तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको हो ।

प्रहरी जवान यादवले लागुऔषधका थुनुवालाई भगाइ आफू पनि फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  यादवलाई पक्राउ गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

यादवले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको किर्ते दस्तखतसमेत गरी हिरासत कक्षबाट हत्कडीसहित बाहिर निकालेर आफु समेत फरार भएका थिए । उक्त अभियोगमा प्रहरीले यादवलाई १६ वर्षपछि भारतको सिमाना काँकडभिट्टाबाट माघ ११ गते पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले बताएका छन् ।

पक्राउ परेका यादवलाई आवश्यक कारबाहीको लागि माघ १२ गते प्रहरी परिसर काठमाडौं पठाइएको र निजलाई मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसार कसुरको सजाय हुने बताईएको छ ।

हाल भारतको कोलकतामा श्रीमतीसहित बस्दै आएको यादवले थुनुवालाई भगाउन एक करोडबाट बार्गेनिङ  शुरु गरी १० लाखमा डिल गरेको र अन्तमा ६ लाख २५ हजार निजले लिएको प्रहरीले बताएको छ ।