Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बानेश्वर चोकमा गुडिरहेको बस भासियो

१२ शुक्रबार , माघ २०८०२ बर्ष अगाडि

बानेश्वर चोकमा गुडिरहेको बस भासियो

काठमाडौंको नयाँ बानेश्वर चोकको गुडिरहेको बस सडकमा भासिएको छ । बानेश्वर चोकको एभरेष्ट बैंक नजिकैको सडकमा गुडिरहेको भक्तपुरतबाट रत्नपार्कतर्फ जाँदै गरेको बस भासिएको हो ।

क्तपुरतबाट रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला बानेश्वर चोकको एभरेष्ट बैंक नजिकैको सडकमा भासिएको बताईएको छ । बस सडकमा भासिएपछी बस कोल्टे परेको र बसमा सवार यात्रु बसबाट ओर्लेका थिए ।

उक्त सडकको सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । बस कोल्टे परेपछी नजिकै रहेका ट्राफिक प्रहरीहरु आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् ।

यसअघि सोहि सडकको बानेश्वर चोक नजिकै सिभिल अस्पताल अगाडिको सडक २०७८ साल कात्तिक महिनामा भासिएर ठूलो खाल्डो परेको थियो ।