Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मेनुकाको आँखाको उपचार हुने

१२ शुक्रबार , माघ २०८०२ बर्ष अगाडि

मेनुकाको आँखाको उपचार हुने

नेपालको इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेलाको आँखाको उपचार हुने भएको छ । मेनुकालाई मुम्बईको एक प्रतिष्ठित नेत्र चिकित्सककहाँ लगेर आँखाको चेकअप गराइएपछि उनले आँखा देख्ने भएकी हुन् ।

गायन रियालिटी शो इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी मेनुकाको आँखाको नर्भ्सले काम नगरेको र विशेष डिभाइसको मद्दतले भने उनले आंशिक दृष्टि पाउन सक्ने बताईएको छ । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार मेनुकाले पूर्ण रुपमा आँखा नदेखे डिभाइसको मद्दतले आंशिक दृष्टि पाउन सक्नेछिन ।    

मेनुकाको आँखाको नर्भ्सले काम नगरेको तर, विशेष डिभाइसको मद्दतले भने उनले आंशिक दृष्टि पाउने सम्भावना रहेको बताईएको छ । पछिल्लो इण्डियन आइडलको एपिसोडमा जज रहेकी श्रेया घोषालले मेनुकाले आँखा देख्ने भएको कुराले आफू निकै हर्षित भएको बताउदै कार्यक्रममा उनले नयाँ वर्षमा यो खुसीको खबर आएको र यो क्षण हेर्नका लागि निकै आतुर रहेको बताएकी छन् ।