Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अवैधानिकरुपमा सञ्चालित बालगृहको छानबिन गर्न माग

१२ शुक्रबार , माघ २०८०९ महिना अगाडि

अवैधानिकरुपमा सञ्चालित बालगृहको छानबिन गर्न माग

अवैधानिकरुपमा सञ्चालित बालगृहको छानबिन गरी दोषीलाई कारबाही गर्न राष्ट्रिय महिला आयोगलेले माग गरेको छ । आयोगलेले अवैधानिकरुपमा सञ्चालित बालगृहले न्यूनतम मापदण्ड पूरा नगरी संचालन गरेको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो ।

आयोगले एक विज्ञप्ति जारी गर्दै न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालन गरेको बालगृहमा आश्रित बालबालिकालाई बेवारिसे र असुरक्षित अवस्थामा राखेको भन्दै व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । गोकर्णेश्वर नगरपालिकास्थित लवप्रसाद सुधार संघ (लव प्र.बाल गृह)ले न्यूनतम मापदण्ड पूरा नगरेको भन्दै छानबिन गर्न माग गरिएको हो ।

आयोगले उक्त गोकर्णेश्वरको लवप्रसाद सुधार संघ (लव प्र.बाल गृह)ले न्यूनतम मापदण्ड पूरा नगरी आधिकारिकता बिना सञ्चालन गरेको र बालगृहमा आश्रित बालबालिकालाई बेवारिसे, असुरक्षित अवस्थामा राखेको सूचनाका आधारमा गएको मङ्सिर ५ गते अनुगमन गरी बालबालिकाको तत्काल उद्धार गर्न सिफारिस गर्दै उद्धारमा पहल गरेको थियो ।

आयोगले अनुगमनपछि तयार पारेको प्रतिवेदनमा उक्त बालगृहले बालबालिकालाई मानसिक, शारीरिक तथा यौनजन्य आपराधिक कार्यमा संलग्न गराएको समेत उल्लेख गरेको छ ।