Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री

१२ शुक्रबार , माघ २०८०२ बर्ष अगाडि

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री

मुलुकभर बढेको चिसो संगै काठमाडौँको तापक्रम पनि ३ डिग्री सेल्सियस पुगेको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको हुदा चिसो बढेसंगै तापक्रम घट्दा र काठमाडौँको तापक्रम ३ डिग्री पुगेको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । उक्त तापक्रम यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो । यसअघि माघ ८ गते साँझ काठमाडौँको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस रहेको बताईएको थियो ।

महाशाखाले गरेको मापनअनुसार आज बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको थियो । माथिल्लो तहमा चिसो बादल आएकाले मौसम चिसिएको र अझै अघिल्ला दिनको तुलनामा जाडो बढ्ने पनि महाशाखाले जानकारी दिएको छ ।