Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आजपाद्धारा मधेश बन्द ५ दर्जन भन्दा वढि प्रदर्शनकारी पक्राउ

११ बिहिबार , माघ २०८०२ बर्ष अगाडि

आजपाद्धारा मधेश बन्द ५ दर्जन भन्दा वढि प्रदर्शनकारी पक्राउ

आम जनता पार्टी (आजपा) ले गरेको मधेस प्रदेश बन्दको आंशिक प्रभाव परेको छ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले बैङ्कले मनोमानी ढंगले लिएको ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउने लगायतका माग राख्दै गरेकाे मधेस प्रदेश बन्दको आंशिक प्रभाव परेको हाे ।

आम जनता पार्टीले मधेस प्रदेश बन्द आव्हान गर्दै पार्टीका नेता कार्यकर्ताहरू सडकमा उत्रिएर नाराजुलुस गरेका छन् । मधेस प्रदेशका आठ जिल्लामा कार्यकर्ताहरूले आन्दोलन गरिरहेकाे र बन्दका क्रममा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको बताइएकाे छ ।

प्रहरीले पक्राउ गरेकाहरूमा आम जनता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा संविधान सभा सदस्य तिलक थापा मगर, महासचिव उपेन्द्र साह, पार्टी प्रवक्ता तथा आई.टी.आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभूषण साह, सचिव समिना हुसेन, स्थायी कमिटी सदस्य तथा धनुषा इन्चार्ज श्रीलाल महासेठ रहेका छन् । त्यसैगरी केन्द्रीय सदस्य तथा महोत्तरी अध्यक्ष विजयकुमार साह, आम महिला मोर्चाका केन्द्रीय अध्यक्ष बबिता साह लगायतलाई पनि प्रहरीले पक्राउ गरेकाे छ ।

विभिन्न खाले माग राखेर बन्दकाे आव्हान गरेकाे पार्टीका नेता तथा कार्यकर्ताहरूले बन्द गराउँदै हिँडेकाे पाइएपछि ६५ भन्दा बढी नेता कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । यता जनताको भविष्य र देशको समृद्धिसँग खेलबाड भइरहेकाले बाध्य भएर आन्दोलन गर्नुपरेकाे आजपाकाे भनाइ छ ।

प्रदर्शनकारीहरुले आम जनता पार्टी जिल्दवाद, जनतालाई दुःख दिन पाइँदैन, जनतालाई लुट्न पाइँदैन,बैङ्कहरूले मनोमानी रुपमा लिएको ब्याज फिर्ता गर्,मधेस सरकार मुर्दावाद लगायतका प्लेकार्ड र नारा लगाएर विरोध प्रदर्शन गरेका छन् ।