Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चीनको जियाङ्सी प्रान्तमा आगलागी ३९ जनाको मृत्यु

११ बिहिबार , माघ २०८०९ महिना अगाडि

चीनको जियाङ्सी प्रान्तमा आगलागी ३९ जनाको मृत्यु

चीनको पूर्वी जियाङ्सी प्रान्तको सिन्यु शहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु  भएको छ । हिजाे दिउसाे ३ बजेकाे समयमा आगलागी हुँदा उनिहरूकाे मृत्यु भएकाे हाे ।

आगलागीमा परि अरू ९ जना घाइते भएकाे र घाइतेमध्ये ८ जनाको अवस्था स्थिर रहेको बताइएकाे छ । दिउसाे ३ बजे सुरू भएकाे आगलागी राति ९ बजे मात्रै नियन्त्रणमा आएकाे चिनिया अधिकारीले जनाएका छन् ।

बेसमेन्ट भित्र रहेको शीतभण्डारको मर्मतका लागि कामदारले गैरकानूनी रूपमा आगो प्रयोग गर्दा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ६ तले भवन इँटा–कंक्रिट संरचनाको तहखानेबाट आगलागी शुरू भएको थियाे । 

उक्त घटनाकाे अनुसन्धानका क्रममा सार्वजनिक सुरक्षा अधिकारीहरूले १२ व्यक्तिलाई हिरासतमा लिएकाे बताइएकाे छ ।