Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एनआरएनएकाे विवाद छानबिन गर्न समिति गठन

११ बिहिबार , माघ २०८०९ महिना अगाडि

एनआरएनएकाे विवाद छानबिन गर्न समिति गठन

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको विवाद छानबिन गर्न सरकारले समिति गठन गरेको छ । गत असाेजमा भएकाे ११ औँ महाधिवेशनमा धाँधली भएको भन्दै विवाद भएकाे र हालसम्म समधान नभएकाले विवाद समधानका लागि सरकारले समिति गठन गरेको हाे ।

काठमाडौँमा आयोजित संघकाे ११ औँ महाधिवेशनमा अनलाइनबाट गराइएको निर्वाचन विवादमा परेको थियाे । उक्त विवाद समधानका लागि मन्त्रिपरिषद्ले महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, लेखाका  उपसचिव तथा प्रहरी वरिष्ठ उपरीक्षक रहने गरी छानबिन समिति गठनको निर्णय गरेकाे हाे ।

सहमहान्याधिवक्ता चौहानको संयोजकत्वमा गठित समितिलाई  निर्वाचको सम्बन्धमा देखिएको विवाद र लेखा तथा कामकारवाहीका सम्बन्धमा छानविन गरि प्रतिवेदन बुझाउन १५ दिनको म्याद दिइएको छ । 

अनलाइन भोटिङ त्रुटीपूर्ण रहेको भन्दै अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठले मत परिणाम बहिष्कार गर्दै समानान्तर समिति गठन गरेपछि एनआरएनए विवाद समधान हुन सकेकाे छैन ।